Next Annual General Meeting
08 March 2014 (Saturday)
Venue and time table coming soon
गोरखाली समाज यूके परिवार मा नमस्कार
बिषय: मिटिंगमा सहभागिता जनाईदिनुहुन हार्दिकअनुरोध यहि आउने 23 Nov 2013 (Saturday) 1030 hrs Horsenden Hill Golf Club Asiana Oriental Buffet Restaurant... Woodland Rise,Greenford Middlesex, UB6 ORD London मा गोरखाली समाज यूकेको कमेटि मिटिग हुनगैरहेको हुदा समस्थ इछुक जिल्लाबासीलाई उक्त मिटिंगमा सहभागिता जनाईदिनुहुन गोरखाली समाज यूके हार्दिक बिनम्र अनुरोध गर्दछ । उक्त मिटिंगको दिन समाजले हालसम्म गरेका मुख्य मुख्य भूमिकाको बारेमा समाजलाई जानकारी गराउनुको साथै आउने दिनहरुमा समाजले के कस्तो कार्यक्रम अगाडी सारेकोछ भन्ने कुराको जानकारी पनि गराउनेछ । यदि तपाईहरु समाजको सदस्यता नभएतापनि उक्त मिटिगमा उपस्थिति हुनकोलागी कुनै फरक पर्दैन र गोरखाली समाज यूके तपाईहरुको हार्दिक स्वगत गर्दछ,साथ साथै उक्त मिटिगका दिन सदस्यता नहुनु भएका हरुको लागि समाजको साधारण सदस्यता वा आजिबन सदस्यता लिन चाहनु हुन्छ भने उक्त दिन उचित मौका मिल्नेछ । हामी हाम्रो देस छोडेर बेलायतलाइ कर्म भुमि मानेर यहाँ बसेकाछौ, हामीलाई भोलि के हुन्छ केहुदैन भन्ने कुरा भगवान लाइ त् थाहा हुदैन होला ? हामीहरुलाई थाहा हुने त् कुरै भएन त्यसैले हामीलाई हाम्रो दुख सुख को साथमा रहनको लागि समाजको आबस्यकता महसुस भएको हुनाले नै हामीले गोरखाली समाज यूके को स्थापना गरका हौ । यो पबित्र समाजको गोलबन्द भित्र जतिपनि हामी गोरखा जिल्लाबासी बेलायतमा छरियर बसेकाछौ सबैले म गोरखा जिल्लाको हो र म यो समाजको सदस्यता लिनु पर्छ भन्ने भावनाले हामी एक भै अगाडी बढ्नु पर्दछ भन्ने मनायाताका साथ समाज लाई अगाडी बढाउनु हामी सबै जिल्ला बासीको दायित्व हो । साथै यो समाज कुनैपनि जति, धर्म राजनीति को पछाडी नलागी सबै जाती, सबै धर्म, सबै राजनीतिमा आस्था राक्नेहरुलाई एकै मुलधारमा बसी हिड्ने सस्थाहो त्यसैले गोरखाली समाज यूके समस्थ जिल्लाबासी हरुलाई यो अनुरोध गर्दछकी आजै देखि समाजको सदस्यता लिएर यस पबित्र सस्था भित्र गलबन्द हुनुहुनेछ भने अनुरोध गर्दछ ।यसको अलाबा तपाईहरुको उचित सल्लाह सुझाबहरु लाइ उच्च मुलाय्कन गर्दै समाज अगाडी बढ्नेछ । यसैमा हमिसबैको कल्याण हुनेछ । जय गोरखाली समाज यूके !!! सुझाब र थप जानकारीको लागि सम्पर्ग : V/C Gorkhali Samaj UK भरत रोका facebook.com/ Mobile : 07828289602 |