Friday, 21 March 2014

मिटिंगमा सहभागिता जनाईदिनुहुन हार्दिकअनुरोध

गोरखाली समाज यूके परिवार मा नमस्कार

बिषय: मिटिंगमा सहभागिता जनाईदिनुहुन हार्दिकअनुरोध

यहि आउने  06 अप्रिल २०१४ (Sunday) 1130 hrs  Nirmaya Rodi Ghar 111 Victoria Road Town Centre Aldershot GU11 1JE मा गोरखाली समाज यूकेको नया कार्यसमेतिको पहिलो मिटिग बस्दैछ समस्थ इछुक जिल्लाबासीलाई उक्त मिटिंगमा सहभागिता जनाईदिनुहुन गोरखाली समाज यूके हार्दिक बिनम्र अनुरोध गर्दछ । उक्त मिटिंगले जिल्लाका सबै जातीय, क्षेत्रिय,धार्मिक सस्थाहरुलाई समेटेर पूर्णरुपको  कार्यसमेति निर्माण गर्नेछ भने समाजमा बिसेस योगदान पुरयाउने अनुभबीहरुलाई सल्लाकारहरु को पनि चयन गर्नेछ साथै आगामी  दिनमा हुने भाबी कार्यक्रमको बारेमा छलफल गर्नेछ ।   त्यसैले उक्त दिनको कार्यकर्ममा उपस्थित भैदिनुहुन समस्थ जिल्ला बासीहरुलाई हार्दिक बिनम्र अनुरोध गर्दछौ  ।
 जय गोरखाली समाज यूके !!!

मिटिग हुने स्थान र समय:


06 April 2014 (Sunday) 1130 Hrs
Nirmaya Rodi Ghar
111 Victoria Road Town Centre Aldershot
GU11 1JE
UK



Monday, 17 March 2014

गोरखाली समाज यूकेको अध्यक्षमा भरत क्षेत्री

गोरखा जिल्ला घर भै बलायातमा बसोबास गर्ने हरुको सस्था  गोरखाली समाज यूकेको अधिवेसन यहि मिति ८ मार्च २०१४, Connaught School  Aldershot मा सम्पन्न भयो कार्यक्रमको  प्रमुख अतिथि डा राघभ धितालले गर्नु भएको थियो भने समाजको अध्यक्ष बिशेस परस्थितिले अनुस्पति भएको हुदा   कार्यक्रमको  सभापति  समाजका बरिस्ठ  उपाध्यक्ष  भरत क्षेत्रीले गर्नु भयको थियो ।  उक्त अधिवेसन दुइ सत्रमा संचालन भयको थियो  ।  कार्यक्रमको पहिलो सत्रमा समाजको वार्षिक कार्य प्रगति विबरण, आर्थिक विबरण र कार्यकाल काल समिक्षा बारेमा अबगत गरिएको थियो ।

अधिवेसनको दोस्रो सत्रमा निर्वाचन कमिटिले नया कार्यसमितिको लागि निर्वाचन प्रक्रिया गरेको थियो प्रमुक निर्वाचन आयुक्त रिटायर्ड क्याप्टेन रनधोज राना लगायत निर्वाचन आयुक्तहरु  विकल चन्द्र आचार्य, सुर घले र फटक जित गुरुङको निर्वाचन कमिटीले समाज को विधि र विधान अनुसार निर्वाचन सम्पन्न गराउनु भयको थियो ।  निर्वाचन कमिटीले सबै पदहरु  सर्ब समत निर्णय भएको जानकारी गराउदै निर्बाचित पदा धिकारीको नाम घोसडा गरेको थियो  ।

जस अनुसार अनुसार समाजको बिगत ४ वर्ष देखि  कार्यरत बरिस्ठ उपाध्यक्षपदमा काम गर्नु भएका भरत क्षेत्रीलाइ  अध्यक्ष्यमा घोसडा गर्नु  भयो भने, उपाध्यक्षमा  - जय प्रकाश गुरुङ र कर्ण थापा, महासचिवमा - गोपाल गुरुङ, संयोजकमा - सचिन श्रेष्ठ, सचिवमा - अशोक ढकाल, कोषाध्यक्षमा - भिम तामांग, सह-कोषाध्यक्षमा - यम थापा र सदस्य हरुमा हरि कुमार  गुरुङ कुमारी गुरुङ र लाल डोज गुरुग  लाई  निर्वाचित गरेको घोसडा गर्नु  भयो । अरु बाकी पदहरु  नया कार्य समेतिको पहिलो बैठकले पद पूर्ति गर्ने  जानकारी गराउनु भएको थियो  ।

उक्त निर्वाचन पछि कार्यक्रममा समाजका समरक्षक  प्रमुख अतिथि डा. राघभ धितालले गोरखालीहरुले सबै एक जुट भै  एकताको  पाठ सबैलाई सिकाई गोरखाली समाज यूकेलाइ आफ्नो परम्परा र रितिरिवाज अनुसार चलिआएको सस्कृतिलाई सधै जोगायर लैजान सुझाब दिनु भयको थियो । भने निर्वाचन कमिटिका प्रमुक निर्वाचन आयुक्त रिटायर्ड क्याप्टेन रनधोज रानाले नव निर्वाचित गोरखाली समाज को महानुभाव हरुलाई बधाई दिंदै सामाजिक सस्था चलाउन जहिले पनि अनुसासन र त्याग को आबश्यकता पर्ने भन्दै त्यसको  लागि सबै मिलेर हाते मालो गर्दै अगाडी बढ्नु पर्ने धारणा ब्यक्त गर्नु भएको थियो ।

गोरखा जिल्लाको ऐतिहासिक पृष्ठ भुमिलाई कोट्याउदै, गोरखाली समाजले मात्र नभई सम्पूर्ण नेपाल र नेपाली हरुलेनै यस जिल्लाको सस्कृति र इतिहास माथि गर्व गर्नु पर्ने भन्दै विकल चन्द्र आचार्यले यस सस्थाले आगामी दिनमा अझ धेरै सामाजिक कार्यहरुको लागि नव निर्वाचित कमिटिबाट अपेक्षा गरेको बताउनु भयो । निर्वाचन कमिटिका सुर घलेले अहिलेको बेलामा एकता नै प्रमुख बल हो भन्दै हामी टुटेर नभई जुटेर अगाडी बढ्नु पर्ने बताउनु भयो भने फटक जित गुरुङले आज समाजमा सेवा दिने भनेर गठन भयका धेरै संघ सस्थाहरु बाद विबादले गर्दा सोचे अनुरुप काम गर्न नसकेर टुटफुट भईरहेको बेलामा गोरखाली समाजले  जातियता र क्षेत्रीयताको संकुचित विचार नराखी  सबै एकै ठाउमा उभिएर समाजलाई अगाडी बढाउनेमा जोड दिनुभयो ।

उहाले गोरखालीहरुको पहिचान नै एकता हो भन्दै संथाको निर्वाचन विना बादबिबाद सम्पन्न भयकोमा गर्व गर्नु भयो । कार्यक्रममा गोरखा जिल्लाका गरिब बालबालीकाको लागि सहयोग गर्दै आएको च्यारिटी सस्था  प्रोग्रस नेपालका  संचालिका  विमला देबकोटा आचार्य र उहाका सहयोगी  मिस लोनी र माट बोंनरले उक्त सस्थाले गरेको काम को बारेमा समाजलाई जानकारी गराउनु भएको थियो ।

साथै कार्यक्रमको अन्तमा नब निर्बाचित अध्यक्षले  अधिवेसनमा उपस्थित सबैलाइ धन्यबाद दिदै सस्थाको उन्नतिको लागि  सबैको सहयोगको  खाचो रहेको बताउनुभयो । साथै उहाले निर्बाचन कमिटिका अधिकारीहरुलाई कार्यक्रमसफतापुर्बक संचालन गरेको मा धन्यबाद दिदै खाता लगाई समान गर्नु भएको थियो ।