गोरखा । गोरखा भन्ने वित्तिकै यसको ऐतिहासिक र राजनीतिक महत्व सम्झना हुन्छ । तर गोरखा धार्मीक र पर्यटकीय हिसावले पनि त्यतिकै प्रख्यात रहेको छ । ऐतिहासिक रुपले गोरखाको दरबार प्रख्यात रहेको छ भने धार्मिक हिसावले मनकामना मन्दिर रहेको छ ।
विश्वको आठौं तथा नेपालको सातौं अग्लो हिमाल मनास्लु हिमालको अवलोकन तथा मनास्लु पदयात्राका कारण गोरखा पर्यटकीय हिसावले प्रख्यात छ ।
गोरखाको मनकामनमा मन्दिर हिन्दु धर्मालम्बीहरुका लागि निकै महत्वपूर्ण मानिन्छ । मनो कामना अर्थात मनले चिताएको पुरा गर्ने मन्दिरका रुपले प्रख्यात छ । जहाँ पुग्न नेपालको एकमात्र केवलकारको प्रयोग हुन्छ । नेपालको एकिकरणका नायक पृथ्वीनारायाण शाहको जन्म थलो तथा गोरखा दरबार पनि पर्यटकीय हिसावले निकै आर्कषक मानिन्छ ।

ईतिहासका विद्यार्थी तथा रुचि राख्नेका लागी गोरखा दरबार ठूलो स्रोत हो । तर यसको उचित सदुपयोग नभएको गुनासो गर्दछन गोरखाबासीहरु । नेपालको पहिलो शहिद लखन थापाको गाउँ पनि गोरखामै पर्छ ।
गोरखाको उत्तरी क्षेत्र हिमाली भेग चीनको सीमाना जोडिएको क्षेत्र हो । सरकारले गोरखाको सात वटा गाविस समेटर सन् १९९८ मा मनास्लु संरक्षण क्षेत्र आयोजना घोषण गर्यो । सरकारले गरेको यो घोषणाले यो क्षेत्रमा पर्यटनको ढोका खोल्ने काम गर्यो ।
उत्तरी गोरखको सबै नुबि्र क्षेत्रलाई एक्यपाले सन १९९१ सम्म पूर्णरुपमा निषेधित क्षेत्र घोषणा गरेको थियो । तर त्यसपछि पर्यटकका लागि समुहगत रुपमा जान मिल्ने भनेर अर्धनिषेधित क्षेत्रको रुपमा लागु गर्यो । सरकाले पूर्णरुपमा खुल्ला गर्नु पर्ने भन्दै नुब्रिबासी अहिले लागिपरेका छन् ।
खुल्ला गर्नु पर्ने भन्दै नुब्रिबासी अहिले लागिपरेका छन् ।














No comments:
Post a Comment